काठमाडौं : बाग्मती प्रदेश सभाको शिक्षा, स्वास्थ्य र कृषि समितिमा कोरोना भाइरसको संक्रमण जोखिमबारे छलफल भएको छ।
सामाजिक विकास मन्त्री युवराज दुलालको उपस्थितिमा भएको बैठकमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणकबारे आवश्यक तयारीबारे छलफल भएको थियो। प्रदेश सरकारले कोरोना भाइरसको उत्पति, सर्न सक्ने जोखिम, बच्ने उपाय र प्रदेशको गरेका क्रियाकलापबारे छलफल भएको बताइएको छ।
बैठकमा सांसदहरुले उपलब्ध स्रोत साधनको प्रभावकारी प्रयोग गरी संक्रमणको सम्भावनालाई कम गर्नुपर्नेमा जोड दिएका थिए। साथै सांसदहरुले भविष्य हुन सक्ने अन्य संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै सजगता,पुर्व तयारी गर्नुपर्नेमा जोड दिएका थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 287