अर्घाखाँची नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घको रूपमा दही चढाउँदा देवी निस्किएकीले सो नामबाट अर्घा शब्दको उत्पत्ति भएको हो भन्ने बुझिन्छ। खाँची शब्दको उत्पत्ति भने सरकारले कर […]
इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६ मा पर्ने पर्यटकीय स्थल झन्डी डाँडा । झापाको बाहुनडाँगी देखि करिव एक घण्टाको मोटर बाटोको दूरीमा पर्दछ झन्डी डाँडा ।
इलाम र पाँचथर जिल्लाको सिमा क्षेत्र पाटेनगी–लुहाकिलबाट देखिएको कञ्चनजंगा र कुम्भकर्ण हिमाल । फोटो: बिनोद पाण्डे/आमसंचार
पर्यटन नगरी पोखरामामा रहेको विन्ध्यवासिनी मन्दिर । यो मन्दिर पोखरामा निर्माण भएका अरु मन्दिरहरू मध्ये सबैभन्दा पुरानो मन्दिर हो। पोखराको २, मिरुवामा अवस्थित यो हिन्दु मन्दिर धार्मिक सँगै पर्यटकीय दृष्टिले पनि प्रसिद्ध रहेको छ । […]
बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने […]
बिर्तामोड । पूर्व पश्चिम महेन्द्र राजमार्ग मा पर्ने कर्णाली प्रदेशमा पर्ने कर्णाली पुल पर्यटकहरूका लागि रमणीय स्थल बन्ने गरेको छ । महेन्द्र राजमार्ग हुँदै अवलोकन भ्रमणमा निस्किएका विभिन्न जिल्लाका विद्यार्थीहरू समुह समुह कर्णाली पुलमा भेटिन्छन् […]
झापाको सुरुंगा बजार देखि सुकेडाँगी धनुषकोटी पर्यटकीय क्षेत्र जाने बाटो । यो बाटो हुँदै इलाम माई नगरपालिकामा रहेको जगन पाण्डे दरवार भग्नावशेष क्षेत्र र झण्डी डाँडा पनि पुग्न सकिन्छ । फोटो श्रोत: पूर्वी ब्लुज
ताप्लेजुङ जिल्लाको हिमाली क्षेत्र ओलाङचुङगोला हुँदै पुगिने समुन्द्री सतहबाट चार हजार सात सय मिटर उचाइमा अवस्थित सिङ्जेमा ताल । यो ताल करिब एक किलोमिटर लम्बाइमा फैलिएको छ । फोटो श्रोत : रमेश दाहाल
इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १ स्थित मानेभन्ज्याङ नजिकै रहेको चित्रे गुम्बा । नेपाल भारत सिमा क्षेत्रमा रहेको यो गुम्बा ऐतिहासिक गुम्बा हो । फोटो : सरोज सुवेदी /आमसंचार
पाँचथरको लुहाकिल डाँडाबाट देखिएको दुई अग्ला हिमालहरू कुम्भकर्ण र कञ्चनजंगा । लुहाकिल डाँडा उच्च पहाडी क्षेत्र पर्दछ । समुद्री सतहबाट तिन हजार फिट उचाइमा रहेको यस स्थान सन्दकपुर पछिको उत्कृष्ट सूर्योदय र हिमाल हेर्न सकिने […]