Aamsanchar

स्थानीय

गोरखा । आफ्नै भान्जीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । शनिबार सो घटना भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । बालिकाकी हजुरआमाको जाहेरीका आधारमा अभियुक्तलाई पक्राउ गरी […]

आइतवार, भदौ १९, २०७३

इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ […]

आइतवार, भदौ १९, २०७३

सुनसरी । सुनसरी खोलामा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डुबेर बेपत्ता हुनेमा […]

आइतवार, भदौ १९, २०७३

रत्ननगर (चितवन)। आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ । सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो […]

शनिवार, भदौ १८, २०७३

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने […]

शनिवार, भदौ १८, २०७३

भद्रपुर । महिलाहरुको महिनावारी सरसफाइको विषयमा खोजमुलक समाचार प्रशारण गरेवापत हिमालय टेलिभिजनका झापा सम्वाददाता पंकज शर्मा छनौट भएका छन् । भद्रपुर नगरपालिका ७ बस्ने पत्रकार शर्मा टेलिभीजन तर्फ छनौटमा परेपछि उनलाई नगद सहित पुरस्कृत गरिने […]

शनिवार, भदौ १८, २०७३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक […]

शुक्रवार, भदौ १७, २०७३

सागर गौतम, खुदुनाबारी,  इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङले आफ्नो स्थापना वर्षकै पहिलो कार्यक्रमका रुपमा सामुहिक तीज शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०७३ को हरितालिका पर्वको अवसर पारेर पथरीशनिश्चरे वडा नं. ८, मितेरी […]

शुक्रवार, भदौ १७, २०७३

पाँचथर ।   जिल्लाका उपभोक्ताले बजार अनुगमनको माग गरेका छन् । अनुगमन नभएको ६ महिनाभन्दा बढी समय नाघेको भन्दै उनीहरुले सो माग गरेका हुन् । चाडपर्वको मौकामा व्यापारीले आफूखुसी मूल्य राखी बिक्री वितरण गर्ने गरेका […]

शुक्रवार, भदौ १७, २०७३

खजुरा: बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ। बेहोस अवस्थामा भेटिएका अर्का एकजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। कोहलपुर नगरपालिका–११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो। मृतक […]

शुक्रवार, भदौ १७, २०७३