Aamsanchar

फोटो क्याप्सन

फोटो : विनोद पाण्डे/आमसंचार

सोमवार, असार १४, २०७८

दाङ र रोल्पाको सिमा क्षेत्रमा रहेको पथ्थर कोईला खानी । यो खानीबाट २०४६ साल देखि कोईला उत्खनन सुरु भएको थियो । फोटो श्रोत : हेर्ने कथा

आइतवार, असार १३, २०७८

लगातार वर्षासँगै आएको बढको बाढीको कारण मेलम्ची बजारको केही भाग डुवानमा परेको छ । मानवीय र भौतिकमा ठूलो क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । […]

बिहिवार, असार ३, २०७८

पूर्वको प्रमुख मध्येको एक पर्यटकिय स्थल इलामको कन्यामको नाम थाहाँ नहुने सायदै पूर्वेलीहरु कम होलान । कन्यामको चियाबारी देशमै एक नमुना चियाबारी हो । त्यहाँको चियाबारी, मौसम र हरियाली हेर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरुको […]

बिहिवार, जेठ २७, २०७८

झापाको विर्तामोडमा रहेको एक मेडिकलमा लगाइएको प्लाष्टिकको बेरा । कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न यो विधी अपनाईएको हो ।

बुधवार, जेठ २६, २०७८

झापाको विर्तामोड–७ स्थित एक बगानमा लिची संकलनकार्यमा जुटेका कामदारहरु । स्थानिय नवराज सुब्बाले लगाएको लिची बगानमा यतीवेला दैनिक ४० जना भन्दा धेरैले काम गरिरहेका छन् ।

सोमवार, जेठ २४, २०७८

जुममार्फत श्रीमद भागवत पुराण श्रवण गर्दै झापा विर्तामोडकी निर्मला जोशी । निषेधाज्ञाका कारण धार्मिक गतिविधीहरु शुन्य बने पछि जुम मार्फत दिईने प्रवचन धर्मप्रेमी जोशीको लागि एक उत्तम वैकल्पिक पुराण सुन्ने माध्यम बनेको छ ।

आइतवार, जेठ २३, २०७८

ललितपुरको लुबुमा कृषि कर्ममा व्यस्त स्थानियहरु । मनसुन सुरु भए पछि विउको व्याड राख्न, बाँझो खन्न,जोत्न यहाँका कृषकहरु लागि पर्न थालेका छन् ।बढदो जनघनत्वले यस ठाउँको खेती योग्य जमिन विस्तारै कङक्रिड भवनहरुको कारण समाप्त हुदै […]

बुधवार, जेठ १९, २०७८