Aamsanchar

फोटो क्याप्सन

विगत दुई दशक नै भईसक्यो होला, नेपालको प्रमुख पूर्व–पस्चिम राजमार्ग सधै भिडभाडनै देखिने गरेको थियो । एक दशक अघि देशमा भएको राजनितिक द्धन्दको कारणले हुने नेपाल बन्द, चक्काजाममा सवारी नचले पनि रिक्सा, साईकल निर्वाद रुपमा […]

शनिवार, वैशाख २७, २०७७

लकडाउनको वेला अतिआवस्यक बाहेकको सामान लिएर बिर्तामोड तर्फ अघि बढदै गरेको स्कुटर । पछिल्लो समय एता प्रसाशनले तोकेको नियम उलंघन गर्दै सबारी साधन चलाउनेको संख्या बढदै गएको देखिन्छ ।

शुक्रवार, वैशाख २६, २०७७

नेपाल–भारत झापाको दक्षिणी सिमा क्षेत्र दशकजा । यहाँको सामाजिक परिवेशलाई सिमा दशगजाले छुट्याएको छैन । नेपालीको घरमा पाकेको खानाको बास्ना भारितयको पुग्छ । यतीवेला भने लकटाउनले त्याहाँका नागरिकलाई व्यवहारिक रुपमा हामि एक अर्कोको देशका नागरिक […]

मङ्गलवार, वैशाख २३, २०७७

झापा-इलामको सिमा सुखानीमा माइनगरपालिका प्रवेश गर्नेलाई ज्वरो नाप्ने काम गर्दै स्थास्थ्य कर्मी । सवारी साधनलाई भने प्रहरीले प्रवेशमा कडा गरेको छ । नगरपालिका र वडाले दिएको पासलाई अस्वीकार गर्ने गरेको छ भने जिल्ला प्रसाशनबाट अनलाइन […]

आइतवार, वैशाख २१, २०७७

आइतबार अपारन्न ३ बजे झापाको अर्जुनधारा नगरपालिका स्थित साठीमुरेबाट देखिएको दृष्य । दृष्यमा बादलले सुर्यलाई खान खोजेको जस्तो देखिएको छ । यो दृष्य करिव ३ मिनेट जती देखिएको थियो, त्यस पछी बादल उडेर तितरवितर बनेको […]

आइतवार, वैशाख २१, २०७७

झापाको कनकाई र शिवसताक्षी नगरपालिका जोडने दोमुखा स्थित झोलुङे पुलमा लगाईएको साङलो । लकडाउनको नाममा पुल वारिपारी गर्न नसक्ने गरि अबरोध खडा गरिएको छ । झापाका विभिन्न स्थानमा विभिन्न तरिकाले सार्वजजिक स्थलमा अबरोध सृजना गरेर […]

शनिवार, वैशाख २०, २०७७

बुद्धशान्ति गाउँपालिका–५ खारखोलाका प्रेमबहादुर राई डोको बुन्दै । गाउँ समाजमा डोको बुन्ने व्यक्ती र चलन हराउन थालेको अवस्थामा आफ्नै प्रयोगनका लागि डोको बुन्ने गरेका राई संग गाउँघरकाले पनि बुनिदिन आग्रह गर्ने गरेको र डोको बुन्ने […]

शुक्रवार, वैशाख १९, २०७७

झापाको बिर्तामोड स्थित डिउटिमा रहेका प्रहरीहरु । अन्य क्षेत्रबाट बिर्तामोड आउने यात्रुलाई सहायता गर्न र उनिहरुको विबरण तथ्याङक संकलन गरेर कोरोना भाईरस नियन्त्रण र रोकथामको लागि विगत एक हप्ता अघिदेखि   प्रहरी खटाईएको छ ।

शुक्रवार, वैशाख १९, २०७७

झापाको बुद्धशान्ति–६ शन्तिनगरमा सुपारी संकलन गर्दै कृषि मजदुर । यतीवेला लकडाउनले कृषि उत्पादनलाई बजारीकरण गर्न नसकिएर बारीमा कुहिने  अवस्था भईरहेकोमा झापाका सुपारी कृषकलाई भने लकडाउनले कुनै असर पारेको छैन । गाँउगाउँमा सुपारी प्रशोधन केन्द्रहरु नियमित […]

शुक्रवार, वैशाख १९, २०७७

आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाउने गरिन्छ। तर यसवर्ष कोरोना संक्रमणका कारण मे दिवसका कार्यक्रमहरु प्राय सवै देशमा स्थगित गरिएका छन्। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई […]

शुक्रवार, वैशाख १९, २०७७