Aamsanchar

फोटो क्याप्सन

पूर्वी नेपालको एक प्रमुख पर्यटकिय स्थल भेडेटार । धनकुटा जिल्लामा पर्ने यो भेडेटार बाह्र महिनै चिसो मौसम हुने ठाउँ भएकाले यस ठाउँमा नेपाल र भारतबाट आउने पर्यटकको घुईचो लाग्ने गर्दछ । तस्वीर श्रोत : पूर्वी […]

शनिवार, वैशाख ११, २०७८

नवलपरासीको रामग्राम नगरपालिका ४ जितपुरमा मृत्त फेला परेका गिद्ध । अमानवीय तरिकाबाट विष खुवाएर केही कुकुर मारेको र सो कुकुरहरुको शव खाएपछि गिद्ध मरेको प्रारम्भिक अनुमान गरिएको भन्दै एशोसिएसनले उच्चस्तरीय समितिबाट जाँचबुझ गरी संलग्न व्यक्तिहरुलाई […]

शुक्रवार, वैशाख १०, २०७८

नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित मृत अवस्थामा रहेका गिद्धहरु । स्थानिय वडाध्यक्ष मदन यादवको भनाई अनुसार विष खुवाएर मारेर फ्यालिएको कुकुरको मासु खाएका कारण एकै चोटी गिद्धहरु मरेका हुन् । हाल सम्ममा ६० भन्दा […]

बुधवार, वैशाख ८, २०७८

वीरता जेसीज लगायत झापाका १३१ वटा सक्रिय सामाजिक संस्थाहरुबाट शनिबार बर्ष उत्कृष्ट नागरिक सम्मानबाट सम्मानित झापाका अग्रज पत्रकार चन्द्र भण्डारीलाई सम्मान पस्चात निजी निवास धुलाबारी सम्म पुर्याउन जादै आयोजक संस्थाका प्रतिनिधीहरु । सम्मानित व्यक्तीलाई घरसम्म […]

आइतवार, वैशाख ५, २०७८

सुनसरीको चतहरा नगरपालिका स्थित बराहक्षेत्र मंदिर परिसरमा सालको पातमा बेरेर सुर्ती सेवन गर्दै एक महिला । अधिल्लो पुष्ता त्यसमा पनि ग्रामिण क्षेत्रमा रहनेहरुले यसरी सुर्ती सेवन गर्ने गर्दथे, आजभोली यसरी सुर्ती सेवन गर्नेहरुको संख्या अत्यन्तै […]

बिहिवार, चैत २६, २०७७

झापाको कमल गाउँपालिका वडा नम्बर १ लाफतीमा कनकाई नहरको छेउमा विद्युत मोटरबाट पानी निकालेर रोपाई गर्न तयारी गर्दै स्थानिय कृषकहरु । कनकाई सिँचाइ आयोजनाले नहर अधिग्रहण गरेको क्षेत्रमध्ये करिब एक हजार हेक्टर क्षेत्रका कृषकले सिँचाइको […]

शनिवार, चैत २१, २०७७

झापाको झिलभिलेमा रहेको  वाटर किंगडम पार्कमा बनाईएको अनौठो आकृति । झट्ट हेर्दा डरलाग्दो देखिने यो प्रतिमा पुरानो मानव सभ्यतालाई झल्काउन खोजिएको जस्तो देखिन्छ । यस प्रतिमाको शिर तिरको भागलाई हेर्दा धामी(झाँक्री) जस्तो लाग्छ तर मुन्तिर […]

बिहिवार, चैत १२, २०७७

मोरङको कानेपोखरी–पथरी खण्डमा सिमसाग बेच्न बसेका स्थानिय महिलाहरु । मोरङको पथरी शनिश्चिरेका महिलाहरुको मूख्य आम्दानीको श्रोत सिमसाग बनेको छ । मोरङ्गी खोलामा ६० भन्दा बढी घरपरिवारका महिलाहरुले सिमसाग खेती गर्दै आएका छन् ।

मङ्गलवार, चैत १०, २०७७

मेहेनतको फल देखाउदै खोटाङ जिल्ला खाल्लेका मिनुङहाङ राई । राईले सुरु गरेको मछ्य पालनमा निकै राम्रो माछाको उत्पादन भएको छ । तराईमा मात्र गरिने माछा पालन व्यवसाय आजभोली पहाडी क्षेत्रमा पनि गर्न थालिएको छ।

सोमवार, चैत ९, २०७७

प्रदेश १ को सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–५ बगुवामा जंगलबाट पत्तकर लिएर गाउँतर्फ अघि बढदै महिलाहरु । सो क्षेत्रमा पत्तकरलाई खानेकुरा पकाउने इन्धन र निस्किएको खरानीलाई मलको रुपमा प्रयोग गर्ने चलन रहेको छ ।

आइतवार, चैत ८, २०७७